logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    सडकमाथिबाट खसेको लेदो माटोले नौबिसे-नागढुङ्गा सडक अवरुद्ध

    सडकमाथिबाट खसेको लेदो माटोले नौबिसे-नागढुङ्गा सडक अवरुद्ध

    952
    Shares
    सडकमाथिबाट खसेको लेदो माटोले नौबिसे-नागढुङ्गा सडक अवरुद्ध

    मलेखु (धादिङ) । त्रिभुवन राजपथ अन्तर्गत नौबिसे – नागढुङ्गा सडकखण्ड लेदो माटोले अवरुद्ध बनेको छ ।

    धुनिबेँसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदो माटोले सडक अवरुद्ध बनेको हो । निरन्तरको वर्षातसँगैको लेदोले सडक अवरुद्ध हुँदा सवारीसाधन रोकिएका छन् ।

    काठमाडौँबाट पूर्व–पश्चिमका लागि छुटेका यात्रु बससहित सबै प्रकारका सवारी सडकमै रोकिएका हुन् । राजमार्गमा लेदो थुप्रिएकाले खुलाउन कठिन भएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक सुरेश्र श्रेष्ठले जानकारी दिए । निरन्तर पानी परिरहेकोले लेदो पन्छाउन कठिनाइ भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend