logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    इमेज सहकारीमा २ अर्ब ठगीको आरोप लागेका मेयर नेपाली दिल्लीमा पक्राउ, नेपाल ल्याउने तयारी

    इमेज सहकारीमा २ अर्ब ठगीको आरोप लागेका मेयर नेपाली दिल्लीमा पक्राउ, नेपाल ल्याउने तयारी

    3.3K
    Shares
    इमेज सहकारीमा २ अर्ब ठगीको आरोप लागेका मेयर नेपाली दिल्लीमा पक्राउ, नेपाल ल्याउने तयारी

    काठमाडौं । सहकारी ठगीमा मुछिएपछि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँदिल्लीमा पक्राउ परेका छन् । उनी अहिले भारतीय सुरक्षा अधिकारीले नियन्त्रणमा छन् । उनललाई नेपाल ल्याउने तयारी भइरहेको छ । उनलाई दिल्लीमा फेला पारिएको भारतीय प्रहरीले नेपाल प्रहरीलाई जानकारी गराएको छ ।

    नेपाली दूतावाससँग समन्वय गरेर उनलाई नेपाल ल्याउने प्रक्रिया सुरु भइसकेको छ । सहकारीको अर्बौ रुपैयाँ अपचलन गरेर भागेपछि मेयर नेपालीविरुद्ध गत माघ १२ गते रेड कर्नर नोटिस जारी भएको थियो । मेयर नेपाली ५ जेठ ०८० देखि फरार थिए । नेपाली इमेज वचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष हुन् । सहकारी सञ्चालकले १५ सय वचतकर्ताको २ अर्ब रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको छ ।

    इमेज सहकारीको बागलुङ बजार, गलकोट र बुर्तिबाङमा गरी ३ वटा शाखा बागलुङमा छन् । यस्तै पोखरा सिर्जनाचोकमा समेत यसको शाखा छ । बागलुङमा मात्र २ अर्ब रुपैयाँ भन्दा बढी रकम हिनामिना भएको अनुमान गरिएको छ । बागलुङ र पोखरा दुबै ठाउँमा बचतकर्ताका संघर्ष समिति नै बनाएर मेयर नेपालीलाई प्रकाउ गरी कारबाहीको माग गर्दै आएका छन् ।

    फरार भएका मेयर नेपालीले गत मंसिरमा फेसबुक भिडियोमार्फत सन्देश र विज्ञप्ति जारी गरेर आफ्नो र श्रीमतीको नाममा रहेको घरजग्गाबाट हिसाब मिलाउन तयार रहेको बताएका थिए।

    फेसबुकमार्फत फरार मेयर नेपालीले आफू र श्रीमतीको नाममा भएको ३ अर्ब रुपैयाँ भन्दा बढी सम्पत्ति मालपोत कार्यालयमा गएर हस्तान्तरण गर्न तयार रहेको जानकारी गराएका थिए ।

    २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली नेकपा एमालेबाट नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

    यो पनि :

    इमेज बचत सहकारीका कोषाध्यक्ष सुनार पक्राउ

    सहकारीको रकम अपचलन गरेर विदेश फरार भएकालाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन

     

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend