एजेन्सी । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको ८४ बर्षको उमेरमा निधन भएको छ ।
दिल्लीस्थित सैनिक अस्पतालमा उपचाररत उनको सोमबार निधन भएको हो । पूर्वराष्ट्रपति मुखर्जीको निधन भएको उनका छोरा अभिजितिले ट्वीटरमार्फत जानकारी दिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
सोमबार अस्पतालले दिएको जानकारीअनुसार उनको फोक्सोको संक्रमणका कारण उनलाई सेप्टिक सक भएसँगै अवस्था गम्भिर बन्दै गएको थियो ।