logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडान स्थगित

    प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडान स्थगित

    1.1K
    Shares
    प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडान स्थगित

    काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसममा आएको खराबीका कारण आज साँझ ७ बजेदेखि भोलि बिहानसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थगित गरेको छ । निरन्तरको वर्षाका कारण भिजिबिलिटी कमजोर हुने भएकाले आन्तरिकतर्फका सबै उडान स्थगित गरिएको क्यानले जनाएको छ ।

    प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज साँझदेखि भोलि विहान ६ बजेसम्मका लागि उडान स्थगित गरिएको जानकारी दिए । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान शनिबार बिहानसम्मका लागि स्थगित भएको जनाएको हो ।

    विगत १५ घण्टायता निरन्तरको वर्षाका कारण मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फका हवाई उडान प्रभावित भएका छन् ।

    आन्तरिकतर्फ अधिकांश विमानस्थलमा उडान हुन सकेन भने अन्तर्राष्ट्रिय उडानतर्फ केही विमान लामोसमय होल्ड भएर अवतरण गरेका थिए । क्यानका अनुसार हाल आन्तरिकतर्फ विहान ६ बजेदेखि राति १० बजेसम्म उडान हुँदै आएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend