logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • श्रीलंकाका पूर्व राष्ट्रपति राजापाक्ष लुम्बिनी भ्रमणमा, उपाध्यक्ष डा.लामाद्वारा भव्य स्वागत

    श्रीलंकाका पूर्व राष्ट्रपति राजापाक्ष लुम्बिनी भ्रमणमा, उपाध्यक्ष डा.लामाद्वारा भव्य स्वागत

    658
    Shares
    श्रीलंकाका पूर्व राष्ट्रपति राजापाक्ष लुम्बिनी भ्रमणमा, उपाध्यक्ष डा.लामाद्वारा भव्य स्वागत

    लुम्बिनी । श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाया राजापाक्षलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ ।

    शुक्रबार लुम्बिनीमा कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले पूर्व राष्ट्रपतिलाई स्वागत गरेका हुन् । डा.लामाले श्रीलंकासँग नेपालको सम्बन्ध निकै पूरानो रहेको बताउँदै बुद्धजन्मस्थल लुम्बिनीले त्यो सम्बन्ध अझ प्रगाढ बनाएको बताए ।

    डा.लामाले लुम्बिनी क्षेत्रमा शाक्यमुनी बुद्धसँगै कक्रुछन्द र कनकमणि गरी तीन वटा बुद्धको जन्म भएकाले निकै महत्वपूर्ण स्थल रहेको बताए ।

    लुम्बिनीसँग श्रीलंकाको सम्बन्ध पनि निकै पूरानो रहेकाले लुम्बिनीको विकासमा सहकार्य गर्न सधै तयार रहेको डा.लामाले बताएका छन् ।

    कोषका उपाध्यक्ष डा.लामाले लुम्बिनीलाई लक्षित गरी गौतमबुद्ध विमानस्थलमा नियमित उडानका लागि श्रीलंकासँग आग्रह गरेका छन् ।

    राजापाक्षेसँगै श्रीलंकाका लागि नेपाली राजदूत सुदर्शना पाथिराना समेत सहभागी थिए ।

    पूर्वराष्ट्रपति राजापाक्षेत्रलाई कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख स्मिता भट्ट, वरिष्ठ निर्देशक ज्ञानिन् राई लगायतका कर्मचारीहरूले स्वागत गरेका छन् ।

    वरिष्ठ निर्देशक ज्ञानिन् राईले श्रीलंकन मन्दिरको पुनःनिर्माणका लागि अनुरोध गरेका छन् । स्वागत कार्यक्रमपछि पूर्वराष्ट्रपति राजापाक्षेले मायादेवी भ्रमण गरेका छन् ।

    श्रीलंकाका नागरिकहरू लुम्बिनीमा श्रद्धाका साथ आउने भएकाले पूर्व राष्ट्रपतिले महत्वका साथ मायादेवी भ्रमण गरेको सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले बताए ।

    परिवारसहित आएका राजापाक्षेले लुम्बिनीमा शान्तिको कामना गर्दै दीप प्रज्वलन समेत गरेका छन् ।

    शुक्रबार अपरान्ह लुम्बिनी आइपुगेका श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाया राजापाक्षे झरीको प्रवाह नगरी मायादेवीको श्रद्धाभक्तिका साथ दर्शन गरेका छन् ।

    निरन्तरको वर्षाले हिंडडुल गर्न समेत असहज भएको बेला पूर्वराष्ट्रपति राजापाक्षेले बुद्धजन्मस्थल लुम्बिनीमा पाईला टेक्न पाउनु जीवनकै ठूलो उपलब्धी भएको बताएका छन् ।

    श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षेले मायादेवी मन्दिर, जन्मस्मारक शिला, मायादेवी मूर्ति, पुष्पकरणी पोखरी, अशोकस्तम्भका बारेमा जानकारी लिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend