
भदौ १७ काठमाडौं कोरोना संक्रमण भएका वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. भोला रिजालले अस्पतालबाट आफु र आफ्नी धर्मपत्नी दुवै कोरोना संक्रमित भएपनि भयभित नभएको संदेश पठाएका छन् । बुधबार सामाजिक संजाल फेसबुकमा फोटो पोस्ट गर्दै लेखेका छन”’हामी दुबै आज कोरोना संक्रमित भएका छौं तर थोरै पनि भयभित छैनौं । हामीलाई मात्र होइन, सबैले अरुलाई पनि हौसला दिऊँ । संक्रमितहरुको मनोवलका साथै स्वास्थ्यकर्मी जो आफ्नो जीवन राष्ट्रको लागि समर्पण गरिरहेका छन्, सबैलाई सलाम छ ।’हामी लाई आशिर्वाद ,स्वास्थ लाभको शुभकामना ब्यक्त गनु्ेहुनेसबैलाइ धन्यबाद भन्दै अग्रपङ्तिमा हुनु हुने सबैले उच्च मनोबलकासाथ काममा हौशला मिलोस हाम्रोशुभ कामना ।
उनले आफू स्वास्थ्यकर्मी भएकाले आफ्नो जीवन आफ्नो हातमा नहुने मात्र नभइ आफ्नो परिवार समेत उत्तिकै जोखिममा रहेको समेत बताएका छन्। ‘म एउटा स्वास्थ्यकर्मी। हाम्रो जीवन आफ्नो हातमा कहाँ हुन्छ र हामी आफू मात्र होइन हामीबाट हाम्रा परिवार समेत उत्तिकै जोखिममा रहन्छन्, ‘उनले भनेका छन्।
उनले आफूलाई आशिर्वाद, स्वास्थलाभको शुभकामना व्यक्त गर्ने सबैलाई धन्यवाद भन्दै अग्रपङ्तिमा खटिएकाहरुमा उच्च मनोवलका साथ काममा हौसला मिलोस् भन्दै शुभकामना समेत व्यक्त गरेका छन्।
डा. रिजाल र उनकी पत्नीलाई यही भदौं १४ गते स्वाब नमूना परीक्षण गराएका थिए। रिपोर्ट पोजिटिभ आएपछि रिजाल दम्पती भदौ १४ गते आइतबारबाट ह्याम्स अस्पतालको आइसोलेसनमा बसेका छन्। लक्षण नदेखिएको भएपनि उमेरका कारण केही परिहाल्यो भने अप्ठेरो होला भनेर अस्पतालमै भर्ना भएको जानकारी दिएका थिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend