मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

कि किसानलाई रासायनिक मल देउ हैन भने राजिनामा देउ: डिला संग्रौला

कि किसानलाई रासायनिक मल देउ हैन भने राजिनामा देउ: डिला संग्रौला

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले किसानलाई सहज रुपमा रासायनिक  मल दिन नसके मन्त्रीमा बसिरहन औचित्य नभएको भन्दै राजिनामा  दिन भनेकी छिन  ।बिहिबार सामाजिक संजाल फेसबुकमा प्रतिक्रिया दिंदै सांसद संग्रौलाले भनेकी छिन् ”सरकार अब जनताको सरकार रहेन।सामान्य भन्दा सामान्य कार्य पनि सरकारले गर्न सकेन जनताको हितको लागि।कृषकहरुले रासायनिक मल नपाएर बालिनाली तहसनहस हुन पुगेको छ।११ अरब रुपैयाँ मल अनुदानकालागि सरकारले बजेट छुट्टाएको छ।

किसानलाई कम्तिमा पनि ५ लाख मेट्र्क टन मलको आबस्यकता पर्दछ।समयमा सरकारले जनतालाई मल उपलब्ध नगराउनुको पछाडी चलखेल गर्नकै लागि नै टेन्डरमा ढिलासुस्ती गर्नु एकातर्फ भने अर्कोतर्फ पहुँचको आधारमा क्षमताहिन कम्पनिहरुलाइ आपुर्तिको ठेक्का नै हो। २५/२५ हजार मेटृक टन मल आयात गर्ने जिम्मा पाएका सैलुङ र हानिको मल्टिपलले मल आयात नै गरेनन् ।दुबै कम्पनिका मालिकहरु सत्ताका नजिक्का रहेका छन् ।

कृषि मन्त्रीले कम कबोल्नेलाइ ठेक्का दिदा समस्या भएको भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिएको कुरा बाहिर आएको छ।त्यसो भए सबभन्दा बढी कबोल गर्नेलाई ठेक्का दिएर मालामाल हुने अबसर आएको छ मन्त्री जी!यो र त्यो बहानाले किसानलाई मारमा पार्न सरकार उद्दत छ।किसानको कुरो मात्र हैन सरकार!यो त राष्ट्रिय उत्पादन संगजोडिएको कुरा हो।मलको अबिलम्ब ब्यबस्था गर सरकार!हैन भने कुर्सीमा टासिंरहनुको कुनै अर्थ छैन।”

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend