
भदौ १८ बागलुङ, अविरल वर्षाको कारण बाग्लुङ पश्चिम क्षेत्रको ढोर देउरालीबाट बगेको पहिरोले भूजीखोला किनारका बस्ती बगाउदा भएको क्षतिको संकलन कार्य जारी छ अहिले उक्त स्थानमा ३० जना बेपत्ता भएका छन् भने ५० घर र दुई स्कुल बगाएको छ ।
पहिरोले ढोरपाटन नगरपालिकाको वडा नं ८र ९ का लाकुरीबोटमा ३ जना, सुकुरदुङमा १ जना दुनेपधेरामा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना व्यक्ति सम्पर्क विहिन भएका छन् ।
यस्तै लाकुरीबोट ११ घर, दुनेपधेरामा ५ घर, घट्टबोटमा ८ घर भुसुन्ड्मा १, घर बगेका छन् भने सुकुरदुङको सरस्वति आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि बोबाङको ३ वडा जलविघुत आयोजना र ३ वटा झोलुँगेपुलसमेत बगाए छ । राहत र उद्गृदारको लागि काठमाडौँबाट गृहमन्त्री रामबहादुर थापा नेपाली सेनाको हलिकप्टरमा राहत सामाग्री लिएर बाग्लुङको ढोरपाटन नगरपालिका गईसकेका छन्।गृहमन्त्री थापा सहित सांसद देबेन्द्र पौडेल क्षतिको अबलोकन तथा उद्दारको लागि पुगिसकेका छन्।
तस्बिरमा हेरौ पहिरोको बितण्डा
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend