सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

हिजो साँझदेखि रोकिएका हवाइ उडान सञ्चालनमा

हिजो साँझदेखि रोकिएका हवाइ उडान सञ्चालनमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान आंशिक सञ्‍चालन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौँबाट मुख्य शहरहरुमा हुने उडानलाई अपरान्ह साढे १२ बजेबाट आंशिक रुपमा खुला गरेको हो ।

विमानस्थलका अनुसार साढे १२ बजेबाट आइएफआर उडान नियमअनुसार उड्न सक्ने जहाज र विमानस्थलहरुमा उडान खुला गरिएको छ ।
यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार साँझबाट सबै उडानमा रोक लगाएको थियो ।

अहिले भैरहवा, विराटनगर, पोखरा, धनगढी, नेपालगन्जसहितका विमानस्थलमा उडान सुचारू गरिएको छ ।

अन्तर्राष्ट्रियतर्फ भने उडानहरु रोकिएका छैनन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend