logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरोनाको नाममा नर्भिकमा लुटधन्दा १ लाख ७५ हजारको आईसोलेसन बेड !

    कोरोनाको नाममा नर्भिकमा लुटधन्दा १ लाख ७५ हजारको आईसोलेसन बेड !

    5.2K
    Shares

    भदौ १९ काठमाडौँ, नेपालमा गत जनवरी ३बाट देखिन सुरु गरेको कोरोना अहिले राजधानी काठमाडौँ सहित देशभरमा आक्रामक तरिकाले फैलिदै गईरहेको छ । स्वास्थ्य मन्त्रालयको जानकारी अनुसार बुधबारसम्म देशभरमा ४२,८७७ जना कोरोना संक्रमित हुँदा २५७ जनाको मृत्यु भएको छ भने २४,२०७ जना कोरोना जितेर घर फर्कीसकेका छन् । यसले देखाउछ कि नेपालमा कोरोनाले महामारीको रुपको बिस्तारै लिन सुरु हुदैछ तर जतिजति कोरोना फलिदै गईरहेको छ उतिउति सरकारी संयन्त्रले प्रभाबकारी कायम गर्न नसकेको छरप्रस्ट भईसकेको छ भने बिश्वभर फैलिरहेको कोरोना जस्तो महामारीको समयमा निजि क्षेत्रले राज्यका संयन्त्रलाई सघाउदै राहात उद्दारमा जुट्नु पर्नेमा निजिक्षेत्र भने महामारीलाई मौकामा चौका हान्ने दाउ खेलेर बसेका छन।

    कोरोना जस्तो महामारीको समयमा बिशेष गरी अस्पतालहरुको भूमिका उल्लेखनीय हुने गर्छ तर नेपालमा सरकारी लगानीका अस्पतालहरु अनेक समस्याले ग्रस्त छन् भने निजिक्षेत्रका अस्पतालले कमाउने मौका ठानेका छन । नेपालमा कोरोना महामारीको सुरुवाती दिनहरुमा नेपालका अधिकांश निजी अस्पतालले रुघाखोकी र ज्वरोका बिरामीका लागि समेत ढोका बन्द समेत बन्द त्यो क्रम अहिलेपनि जारीनै छ । कोरोना परिक्षण गर्ने पिसिआर परिक्षणको लागि राज्यले सुरुवातमा सरकारी अस्पतालहरुको जिम्मा लगाएको थियो तर संक्रमण बढ्दै जाँदा परिक्षणको दायरा बढाउनुपर्ने बाध्यतामा परेको सरकारले निजि क्षेत्रलाई समेत परिक्षणको जिम्मा दियो तर सरकारले महामारीको बेला दिएको जिम्मालाई कमाउधन्दा गरिरहेका अस्पतालले पिसिआर परिक्षणमा राज्यले तोकेको भन्दा डबल पैसा समेत असुले,यस्ता अस्पतालहरुमा काठमाडौँमा नाम चलेका नर्भिक ग्राण्डी लगाएतका ठुला अस्पतालहरुनै थिए ।

    पिसिआर परिक्षणमा लुटेका अस्पतालको अबको टार्गेट अईसोलेसनमा

    कोरोना परिक्षणमा राज्यले तोकेको भन्दा धेरै शुल्क सहित कोरोनाको नाममा अर्बौ कमाएको काठमाडौँको नर्भिक अस्पतालले यति बेला आईसोलेसन वार्डको नाममा करोडौ कुम्ल्याउने दाउ खेलिरहेका छ । संक्रमण बढ्दै जाने देखेपछि आईसोलेसन बेड बढाउनुपर्ने बाध्यतामा रहेको सरकारले निजि अस्पताललाई आइसोलेसन बेड तयार गर्न दिएको निर्देशनपछि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले आफ्नो मुख्य भवन भन्दा अलग्गै कोरोना उपचारको लागि आइसोलेसन वार्ड बनाइसकेको छ। तर राज्यका कमजोर सुपरिबेक्षणको मौका तथा राजनीतिक शक्तिको आडमा नर्भिकले सरकारी अस्पतालमा हुने आईसोलेसन वार्डको भन्दा दशौ गुणा बढी एउटै बेडको मात्रै १ लाख ७५ हजार सम्म मूल्य तोकेको छ।

    आईसोलेसनमा बस्नुपर्ने बिरामीको लागि सरकारी अस्पतालमा तयार गरिएको आईसोलेसन वार्डको मुल्य प्रतिदिन ३५०० तोकेको छ । सरकारी अस्पतालमा आइसोलेसन बेडको पर्याप्तता नभएको कारण बिरामीलाई निजि अस्पतालमा रहेको आईसोलेसन बेडको बाध्यता रहेको छ। महामारीको बेला आम सर्बसाधारणहरुको यस्तो बाध्यतालाई मौका ठान्ने नर्भिक जस्ता निजि अस्पतालमा आईसोलेसन बेडमा बस्नुपर्ने कोरोना संक्रमितको उपचार कति महँगो बन्ने भएको छ जुन औसत नेपालीको आर्थिक क्षमता भन्दा अत्यधिक धेरै हुन आउँछ।

     

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend