काठमाडौं । ललितपुरको हात्तीवनमा सडक भासिँदा यात्रुवाहक बस खाल्टोमा छिरेको छ । बा २ ख ६८४८ बसको पछाडिको भाग सडकमा परेको खाल्डोमा छिरेको हो ।
शनिवार दिउँसो बस गुडिरहेका बेला सडकमा प्वाल परेपछि बसको आधा भाग अचानक खाल्टोमा फसेको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरकाअनुसार बसको पछाडिको भाग खाल्डोमा परे पनि कुनै मानवीय क्षति भने भएको छैन ।
अविरल वर्षाका कारण धेरै स्थानमा सडकहरू बिग्रिएका छन् ।