सिन्धुली । लगातारको वर्षाका कारण सुनकोशी नदीको सतह बढ्दा खुर्कोटस्थित मोटरेवल पक्की पुल बगाएको छ । सुनकोशी नदीले खुर्कोट बजारबाट रामेछाम जोड्ने पक्की पुल बगाएको हो ।
नदीले अरु दुई वटा झोलुङ्गे पुल समेत बगाएको छ । नदीको सतह बढ्दा खाङसाङ र खोल्मेस्थित झोलुङ्गे पुल बगेको छ । नदीको सतह बढेकाले अरु पुलहरु पनि जोखिममा रहेका छन् ।
साथै, सुनकोशीको सतह बढ्दा खुर्कोट, मुलकोट, थङसाङ, दुम्जा लगायत बजार डुबेको छ ।