logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • ७६ को मृत्यु र ७२ जना वेपत्ता, खोजी तथा उद्धारमा १० हजार ५ सय सशस्त्र प्रहरी परिचालन

    ७६ को मृत्यु र ७२ जना वेपत्ता, खोजी तथा उद्धारमा १० हजार ५ सय सशस्त्र प्रहरी परिचालन

    952
    Shares
    ७६ को मृत्यु र ७२ जना वेपत्ता, खोजी तथा उद्धारमा १० हजार ५ सय सशस्त्र प्रहरी परिचालन

    काठमाडौं । बिहीबारदेखि सुरु भएको अविरल वर्षाको कारण मुलुकका विभिन्न जिल्लाहरुमा भएको घटनाहरुमा खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल ठूलो संख्यामा जनशक्ति परिचालन भएको छ ।

    अहिले, १० हजार ५ सय ४० जना सशस्त्र प्रहरी परिचालित भई बाढी, पहिरो र डुवानमा परेका २ हजार ८ सय ६० जनाको सकुशल उद्धार गरेको छ । ७६ जनाको मृत्यु, ७२ जना वेपत्ता, ३६ जना घाइते र १ सय ९५ ठाउँमा भौतिक क्षति भएको छ ।

    उपत्यकाको काठमाडांैं, ललितपुर र भक्तपुर ३ वटै जिल्लामा २३ वटा बोट र गोताखोरसहित ९० स्थानमा करीब ४ हजार जनशक्ति परिचालित भई १ हजार ४ सय ५७ जनाको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीका सह प्रबक्ता तथा डिएसपी शैलेन्द्र थापाले बताएका छन् ।

    यसैगरी कोशी प्रदेशको पाँचथर, ओखलढुङ्गा, धनकुटा, झापा, मोरङ, सोलुखुम्बु र सुनसरीमा गरी ८ सय ५३ जनाको सकुशल उद्धार गरिएको छ भने १ सय ५२ स्थानमा भौतिक क्षति, १० जनाको मृत्यु, ९ जना वेपत्ता र २ जना घाइते भएको उनले जानकारी दिएका छन् ।

    मधेश प्रदेशको रौतहट र महोत्तरी जिल्लामा ५५ जनाको सकुशल उद्धार गरिएको छ । १० स्थानहरुमा भौतिक क्षति र १ जना वेपत्ता भएका छन् ।

    यसैगरी बागमती (उपत्यका बाहेक) काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, धादिङ र चितवन जिल्लामा गरी ४ सय ९४ जनाको सकुशल उद्धार गरिएको छ । ३१ स्थानमा भौतिक क्षति, २९ जनाको मृत्यु, १९ जना घाइते र ३९ जना वेपत्ता भएका छन् ।

    यसैगरी लुम्बिनी प्रदेशको रुपन्देहीमा २ जना वेपत्ता भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend