logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • बाढी–पहिरो अपडेट : ९९ जनाको मृत्यु, ७२ बेपत्ता

    बाढी–पहिरो अपडेट : ९९ जनाको मृत्यु, ७२ बेपत्ता

    644
    Shares
    बाढी–पहिरो अपडेट : ९९ जनाको मृत्यु, ७२ बेपत्ता

    काठमाडौँ । भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाको मृत्यु भएको छ । विपद्मा परी हालसम्म ७२ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन् ।

    गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ ।

    शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता तिवारीले जानकारी दिए ।

    उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend