logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सहयोग गर्न जुट्यो होटल ब्यबसायी महासंघ !

    कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सहयोग गर्न जुट्यो होटल ब्यबसायी महासंघ !

    2.4K
    Shares

    भदौ १९ काठमाडौँ, नेपाल होटल ब्यबसायी महासंघ र नेपाल चिकित्सक संघ बिच आइशोलेसन र क्वारेन्टीन व्यवस्थापन गर्न चार बुंदे सहमति भएको छ । कोरोना नियन्त्रणमा अहोरात्र फन्टलाईनमा खटेका धेरै चिकित्सकहरु कोरोनाको जोखिममा छन । त्यसलाई मध्यनजर गर्दै होटल ब्यबसायी महासंघले महामारीको बेला राज्य प्रतिको आफ्नो उत्तरदायित्वलाई मनन गर्दै कोरोना उपचारमा अग्रभागमा खटेका चिकित्सकहरुको सहयोगमा जुटेको छ । बिहिबार भएको सम्झौतामा नेपाल होटेल ब्यबसायी महासंघले चिकित्सक र तिनको परिवार क्वारेन्टीन तथा आईसोलेसनमा बस्नु पर्ने भएमा रु १५०० देखि उक्त सेवा उपलब्ध गराउने प्रतिबद्दता गरेको होटल ब्यबसायीसंघ नेपालका अध्यक्ष हिराध्वज शाहले सुनौलो नेपाललाई जानकारी दिए ।

    hotel 1.jpg

    यसअघि विदेशबाट उद्दार गरेर नेपाल आउँन लागेका नागरिकलाई पनि होटल ब्यबसायी महासंघ नेपालले सस्तो दरमा होटलमा बस्ने तथा खानेको ब्यबस्था गरेको थियो । त्यसबेला बिशेसगरि राजधानीमा रहेका ठुला तारेहोटेलहरुले राजनीतिक पंहुचका आधारमा विदेशबाट उद्दार गरेर ल्याउने नेपाली नागरिकलाइ महँगोमा एकलौटी रुपमा ठुला तारेहोटेलमा राख्ने प्रपन्च गरेका थियो तर सिसिएमसीको उक्त निर्णयको होटेल ब्यबसायी महासंघ, आमजनमानसबाट तिब्र बिरोध भएपछि राज्यले मध्यम खालका होटेलमा समेत उद्दार गरेर ल्याउने नागरिकलाई राख्न तयार भएको थियो । अहिले विदेशबाट आउने नेपाली नागरिकहरुको प्रमुख रोजाईको केन्द्र तिनै मध्यम तहका होटेलहरु बनेका छन् अहिले महासंघले राजधानीका ११२ होटेलबाट रु १५०० मा कोरोनाबाट प्रभावित बनेर विदेशबाट आउने नेपालीलाई सेवा दिईरहेको छ ।

    sankar.jpg

    नेपाल चिकिस्तकसंघ र महासंघ बीच भएको सहमतिपूर्णरुपमा पालाना गराउन महासंघको प्रदेशस्तरीय समितिलाई निर्देशन समेत दीएको छ साथै सोको अनुगमन र समन्वयगर्ने सयोजकहरु समेत तोकिएको छ । कोरोना महामारीको कारण सबैभन्दा धेरै प्रभावित हुने क्षेत्र होटेल ब्यबसाय क्षेत्रपनि हो संक्रमण बढ्दै जाँदा केहि होटेलहरु बन्द हुने अबस्थामा रहेका छन् तर महासंघले होटेल ब्यबसायीहरुको समस्यालाई समाधान गर्नगरी नेपाल सरकारसंग समन्वय गरिरहेको नेपाल होटेल ब्यबसायी महासंघका सचिब शंकर भण्डारी बताउछन । खासगरी ब्यबसायीहरुको समस्या समाधानको लागि अहिलेको नेतृत्वले देखाएको तदारुकता र सक्रियताले होटल ब्यबसायीहरु उत्साहित समेत बनेका छन् ।बिशेष गरी कोरोनाका कारण थला परेको होटेल ब्यबसायलाई बचाईराख्न सरकारसंग उच्च स्तरीय समन्वयन गर्नको लागि होटेल ब्यबसायी महासंघका अध्यक्ष हिराध्वज शाह आफ्नो ब्यबसायिक ठाउँ बुटवललाई छोडेर ७ महिना देखि महासंघको केन्द्रिय कार्यालय काठमाडौँ बाट निरन्तर खटेर महासंघ अन्तर्गत रहेका होटलहरुमा कोरोना संक्रमणको कारण घरभाडा, बैंक किस्ता तथा कर्मचारीहरुका समस्या सहित विदेशबाट उद्दार गरी ल्याउने नागरिकहरुलाई राख्न सरकारसंग बिशेष पहल गरेका थिए । उनको पहलबाटनै होटेल ब्यबसाय महासंघ अन्तर्गतका होटेलहरुलाई सुचिकृत गर्न सरकार बाध्य भएको थियो ।

    नेपालमा गत जनवरी ३ बाट देखिन सुरु गरेको कोरोना अहिले राजधानी काठमाडौँ सहित देशभरमा आक्रामक तरिकाले फैलिदै गईरहेको छ । स्वास्थ्य मन्त्रालयको जानकारी अनुसार शुक्रबारसम्म देशभरमा ४४,२३६ जना कोरोना संक्रमित हुँदा २७१ जनाको मृत्यु भएको छ भने जना कोरोना जितेर २५,५६१ घर फर्कीसकेका छन् ।

     

     

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend