logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला, पहिरो पन्छाइँदै

    झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला, पहिरो पन्छाइँदै

    2.3K
    Shares

    काठमाडौैँ । झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा भेटिएको छ । नौबिसे–नागढुंगा सडकखण्डमा पर्ने झ्याप्ले खोलामा बसको केही भाग मात्र देखिएको अवस्थामा भेटिएको हो ।

    बसको केही भाग देखिएसँगै डोजर प्रयोग गरेर पहिरो पन्छाउने तयारी भइरहेको छ ।

    गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको सम्पर्कविहीन भनिएको बस यही हुन सक्ने आशंका गरिएको छ ।

    झ्याप्ले खोलामा हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ जनाको शव निकालिएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend