
बिशेष पराजुली
ऋग्बेदको दशौ मण्डलले हिन्दुवर्ण व्यवस्थाको सुरुवातलाई यो हिन्दु समाज मा बैधता प्रधान गरेर जाती प्रथा को बीउ रोप्यो, मनुस्मृति जस्ता निरङ्कुश सत्ताकेन्द्रित ग्रन्थका कारण इतिहासको कालखण्डमा अनेक शुद्रहरुलाइ बहिस्कृत दास बनाउने मुलुकी ऐन १९१० जस्ता कानुन राज्यको कानुन बनाइयो जुन कानुन अन्तर्गत एक जना नेपालीले पनि अर्को कुनै नेपालीसंग सामाजिक समानता कायम गर्न सक्दैन थियो l छुवाछुतलाइ कानुनको मुटु बनाएर ग़ैर दलितहरु बीच पनि विभिन्न बस्तुगत रुपमा कर्मकाण्डी छुवाछुतलाइ सामाजिक बैधता दिइएको थियोl उपाध्याय बाहुन,कुमाई हुँदै जैसी बाहुन आदि इत्यादी सम्म भात खाने,गहना कपडा लगाउने, राजा को काट्टो खाने आधार मा संस्कृतिक प्रभुत्व (cultural Hegemony) को रुपमा छुवाछुतलाई स्थान दिइयो र पढ्न पाउने अधिकार केबल पुरुष बाहुनलाई दिइयो (जम्मा ५%) ।
क्षेत्री ठकुरीलाइ राजकीय जातको रुपमा ब्यख्या गर्दै सैनिक देखि डोला बोक्ने क्षेत्रीहरु सम्म तयार परियो, त्यस्तै दशनामी सन्यासी सम्म कुनै न कुनै रुपमा सामाजिक असमनातालाइ कानुनी बैधानिकता प्रधान गरियो। जनजाती आदिवासीहरुलाइ रक्सि खाने मतवालीको रुपमा नमासिने र मासिने मतवाली अर्थात् नमासिने जस्तै मगर,गुरुङलाई सैनिक सेवाको अधिकार मात्र दियो अनि मासीने मतवाली जस्तै तामाङ्ग हरुलाई कमारा कमारी को रुपमा दास गराउन मिल्ने र गल्ति गरे काट्न पाइने नियम बनाइयो। दलितहरुमा पनि छोई छिटो हाल्न पर्ने र नपर्ने गरि शुद्रहरु तयार परियो कति सम्म भने नेवार भित्रका पोडे जातका ब्यक्तिहरु सुर्य देवता नभएको अवस्थामा अर्थात् घाम अस्ताए पछि सहर छिर्न मनाही लगाइयो अशुद्द्ता र अपवित्रताको नाममा जस्तो पेसवाहरुको राज्यको समयमा महाराष्ट्रमा शुद्रहरुले घांटीमा घैंटो झुन्ड्याउन पर्थ्यो थुक्नको लागि जमिनमा थुक्ने अधिकार थिएन र पछाडी ढाडमा कुचो झुन्ड्याउन पर्थ्यो आफुले टेकेको धुलो सफा गर्न ,दक्षिण भारतमा त दलित महिलाहरुले आफ्नो स्तन ढाक्न समेत स्तनको आकार अनुसारको राज्यलाइ कर तिर्न पर्थ्यो जसलाई मुलकरन भनिन्थ्यो।
यस्तै ब्यविचारी बेदको कर्म काण्ड र कानुनको विरुद्धमा महात्मा बुद्धको ज्ञानले मौर्य साम्राज्यका अशोका जस्ता राजाले धार्मिक क्रान्ति गरे जसले बेदको चतुर संरचनालाइ ढाल्दियको थियो तर महाभारत रामायण जस्ता महाकाब्यलाइ इतिहासको रुपमा ई पु को 250 तिर रचनागरि समयको कालखण्डलाइ सत्य, त्रेता ,द्वापर र कलिको रुपमा बिभाजन गरि पुन साँस्कृतिक पागलपनको सहायताले कहिलै नभएको सुनौलो इतिहासलाइ रामायण परम्पराको रुपमा यसरी अगाडी बढाईयो कि भगवान राम द्वारा शुद्र ऋषि सम्भुक को शिरछेदन गराएर ब्राहमण बाहेक अरुले बेद पढे समाज बिग्रिने धार्मिक डर तयार पारीयो जसले गर्दा आजको समय सम्म कुनै गणतान्रिक कानुनले समाजमा मानबियतालाइ स्थापना गराउन सकेको छैन ।जसको पछिल्लो उदाहरण बाग्लुङको कुडुले दलित बेद सांस्कृतिक पागलपन कान्ड हो ।
कुनै बेला माताशक्तिको मात्र प्रयोग गर्न खोजी आग्लो डाँडा देखि कालीगण्डकी सम्म मानब साङ्ग्लो बनाएर दुध जति सबै कालिगण्डकीमा बगाएर कालिको पानी माथि डाँडामा पुर्याउने पागल जात्रा देखाएर अर्को आधुनिक पुंजीबादी धार्मिक संस्कृतिक पागलपनको श्री गणेश गरियो।यस्तै अर्को अभिव्यक्ति प्रधानमन्त्री ओलीको आयो राम कहाँ जन्मिए ? नेपाल मा अनि कति बेला आयो, यो अभिव्यक्ति जब कोरोनाले भारत नेपाल सबलाई थिलो पारेको थियो। मोदी आफ्नो सबै नांगिएको राजनीति छोप्न अयोध्यामा जय श्रीराम भन्दै राममन्दिर को निर्माण सुरु गर्दै थियो अर्को नांगिएको राजनीति बचाउन ओलीले दुषित रास्ट्रबादी गफ हान्दिए “राम ज्वाई हैन छोरा हुन्” हिजो इश्वर छैनन! छन् भने कार्ल मार्क्समात्र हुन् भन्ने भौतिकबादी कम्युनिष्ट हुँ भन्नेले आज ठगे रामको नाममा नाथुरामको राजनीति लाइ मोदी संग सापटी मागेर ।
यस्ता सांस्कृतिक राजनीतिक पागलपनले कहाँ पुर्याउछ होला यस्ता पागलपनले हाम्रो आउँदो अनेकौं पुस्ताको चेतनामा सत्ताको न्यानोको लागि बीभत्स घाउ लगाई दिएका छन् । चेतनामा लागेको रोग बोकेर दलाल पुंजिबादको बुइ चढेर हामी लगाएत हाम्रो आउँदो पुस्ता कहाँ पुग्ने छ ज्योतिषी बन्न गारो छ।राजनीतिक सर्कलमा संघीय लोकतान्त्रिक गणतनत्र ,धर्मनिरपेक्ष समाबेसी, समानुपातिक सविंधान बनेपछि दुइ ठुला पार्टी एक भएसी के भयो। १६५ जना प्रत्यक्षतर्फ़ जम्मा ६ जना महिला र दुइ दलितले टीकट पाए किन? यो फेरी पनि त्यहि ह्यंग ओवर हो दलित र महिला ले सक्दैनन जित्दैनन ।आरक्षणलाइ ललिपप जसरि देखाएर आउँदो १५०० वर्ष सम्म पनि १३ % दलितको ठाउँ सुरक्षित गराउन नसक्ने गणित प्रयोग गरेर दलित नेतालाइ पागल बनाईदियो यो राजनीतिले अनि जप्यो समानता को नारा ।
यस्तै खाले निर्लज्ज लाग्ने हिटलरको Jews holocaust जस्तो लाग्ने रुकुम काण्डमा नरसंहार भएको केहि दिन अघि हो नवराज प्रेमी समुहको कुनै बेला कम्युनिष्ट क्रान्ति को बिगुल बजाउनेहरुले दुइ प्रेमीलाइ सुरु मा छुटाएर त्यसपछि सामुहिक नरसंहार मच्चाएर अनि पार्टीका महान कहलिएका नेता ,महान्याधिब्कता,मन्त्रि ,मेयरहरु कानुन भूलेर कुरा मिलाउन लागेको त्यो कान्डको जड पनि यही बेदको चतुर वर्णव्यवस्थाको मनोबैज्ञानिक ह्यंग ओवर हो । जसले मानबिय संबेदना बुज्दैन साधारण अर्थमा भन्दा हामी प्रेमले बाचेका छौ तर यस्तो पागलपनले प्रेमको हत्या गरिदिन नसके पनि आंट गर्छ अर्थात् प्रेम जो असिमित छ त्यसलाई सिमित गर्न रोक्न सक्ने तागत भएको भ्रम भएका बटारिएका पागलहरुको सोच जन्माउने दुषित मन हो हिन्दु वर्णव्यवस्था ।
त्यसैले बेद पढेर दलितको मुक्ति हुन्छ भन्नु बेकार हो। एउटा महत्वपूर्ण कुरा के हो भने हिन्दु बर्णव्यवस्थामा आधारित कुनै पनि यस्तो समाज नै यो संसारमा छैन जहाँ एउटा व्यक्ति पनि अर्को कुनै व्यक्तिसंग सामाजिक र संस्कृतिक रुपमा समान होस्। त्यसैकारण जब सम्म धर्मको नाममा यस्ता दुई थरी पागल सोच यो समाज मा रहन्छ, जबसम्म जय श्री मुक्तिनाथ र येसुको नाममा भनेर साँस्कृतिक पागलपन फैलाइन्छ तबसम्म यो समाज ले एकसाथ समानताको नारा बोक्न सुरु गर्नै सक्दैन ।
(यो बिचार लेखकका निजि बिचार हुन)
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend