बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

कञ्चनपुरमा हात्तीको आक्रमणले किसानको मृत्यु

कञ्चनपुरमा हात्तीको आक्रमणले किसानको मृत्यु

कञ्चनपुर । हात्तीको आक्रमणमा परी लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय किसान रामदल रानाको मृत्यु भएको छ ।

गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा आएका हात्तीले रानालाई आक्रमण गरेका हुन् ।

किसान रानाको घटनास्थलमा नै मृत्यु भएको अध्यक्ष रानाले बताए । उनी हात्ती धपाउन गएका थिए । घटनास्थलतर्फ प्रहरी गइसकेका उनले बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend