मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

झ्याप्ले खोलामा पुरिएको अवस्थामा थप ३ शव फेला

झ्याप्ले खोलामा पुरिएको अवस्थामा थप ३ शव फेला

काठमाडौं । झ्याप्ले खोलामा पुरिएको अवस्थामा प्रहरीले थप ३ जनाको शव निकालेको छ ।

प्रहरीका अनुसार फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा शुक्रबार रातिदेखि सम्पर्कविहीन भएको बसमा सवार रहेका यात्रु हुन सक्ने अनुमान गरिएको छ ।

पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । ।

सशस्त्र प्रहरीको डिएसपीको कमान्डमा र नेपाली सेना, नेपाल प्रहरी सहितको टोली उद्धारमा खटिएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend