logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • भारतमा डलर सञ्चिती बढेर नयाँ रेकर्ड, पुग्यो ७ खर्ब डलर नजिक

    भारतमा डलर सञ्चिती बढेर नयाँ रेकर्ड, पुग्यो ७ खर्ब डलर नजिक

    259
    Shares
    भारतमा डलर सञ्चिती बढेर नयाँ रेकर्ड, पुग्यो ७ खर्ब डलर नजिक

    रोयटर्स । भारतमा विदेशी विनिमय सञ्चिती बढेर नयाँ रेकर्ड कायम भएको छ ।

    रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) ले विदेशी विनिमय सञ्चिती बढेर ६ खर्ब ९२ अर्ब ३० करोड डलर पुगेको जानकारी दिएको छ । ६ सातादेखि डलर सञ्चित निरन्तर बढ्दै गएको छ ।

    पछिल्लो एक सातामा मात्रै डलर सञ्चिती २ अर्ब ८४ करोड डलर थपिएको छ । पाँचौ सातासम्म आइपुग्दा १९ अर्ब ३० करोड डलर थप भएको आरबिआइले जनाएको छ ।

    विदेशी मुद्रा सम्पत्तिमा परिवर्तनहरू विदेशी मुद्रा बजारमा भारतीय रिजर्व बैंकको हस्तक्षेपका साथै सञ्चितमा रहेको विदेशी सम्पत्तिको मूल्याँकन वा मूल्य ह्रासले गर्दा हुन्छ । रुपैयाँमा अनावश्यक अस्थिरता रोक्नको लागि आरबिआईले विदेशी मुद्रा बजारको दुवै पक्षमा हस्तक्षेप गर्दछ ।

    नेपालमा विदेशी विनिमय सञ्चिती बढेर १५ अर्ब ५८ करोड डलर पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend