काठमाडौं । अविरल वर्षाले बागमतीमा गएको भिषण बाढीले माण्डु हाइड्रोपावर लिमिटेडले सञ्चालन गरिरहेको २२ मेगावाटको बागमती साना जलविद्युत आयोजना बन्द भएको छ ।
शुक्रबारदेखिको अविरल वर्षाले आयोजनाको विद्युतगृह र हेडवक्र्सलगायत अन्य संरचनामा ठूलो क्षति पुगेपछि बिजुली उत्पादन बन्द भएको माण्डुले जनाएको छ । संरचनामा भएको क्षतिले आयोजना सञ्चालन हुन नसक्ने अवस्थाले गर्दा काबुबाहिरको अवस्था आएको कम्पनीले जनाएको छ ।
बाढीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको माण्डुले जनाएको छ ।
यो पनि :
माण्डु हाइड्रोपावरले गर्यो १२ प्रतिशत नगद लाभांश घोषणा,असोज १४ मा साधारणसभा