
काठमाडौँ । झ्याप्ले खोलामा पुरिएको अवस्थामा माइक्रोबस भेटिएको छ । भेटिएको माइक्रोबस चितवनबाट काठमाडौं आइरहेको रहेको खुलेको हो ।
चितवनबाट आउँदै गरेको बा ३ ज १३४५ नम्बरको हायस रहेको खुलेको छ। हायसबाट १० जनाको शव निकालिएको छ।
योसँगै आइतबार मात्रै झ्याप्लेखोलाबाट निकालिएको शव संख्या १३ पुगेको छ।
बिहान पुरिएको बसबाट तीन जनाको शव निकालिएको थियो।
उक्त बस गोरखाबाट काठमाडौं जाँदै गरेको बस हुनसक्ने अनुमान गरिएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend