logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • सुनको मूल्य तोलामा छ सयले घट्यो

    सुनको मूल्य तोलामा छ सयले घट्यो

    714
    Shares
    सुनको मूल्य तोलामा छ सयले घट्यो

    काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज सामान्य गिरावट आएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६० हजार छ सय रुपैयाँ निर्धारण भएको छ ।

    यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय ४५ रुपैयाँ निर्धारण भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend