logo

२०८१ पुष १७ बुधबार

logo
  • बुधबार, १७ पुष २०८१
  • दशैँसम्म काठमाडौँमा निषेधाज्ञा गर्ने प्रस्ताब, सिडियो भन्छन सिमामा सेना खटाउनुपर्ने हुन् सक्छ !

    दशैँसम्म काठमाडौँमा निषेधाज्ञा गर्ने प्रस्ताब, सिडियो भन्छन सिमामा सेना खटाउनुपर्ने हुन् सक्छ !

    2.6K
    Shares

    भदौ २२ काठमाडौं, कोरोना संक्रमणको जोखिम दिनदिनै बढ्दै गएपछि सरकारले  बिगत २ साता देखि काठमाडौँ  उपत्यकामा निषेधाज्ञा गरेको छ । सरकार द्वारा गरिएको निषेधाज्ञाले काठमाडौँ उपत्यका सहित देशभरमा मजदुरहरुको बिचल्लीमा परेका छन् भने व्यापार  ब्यबसाय चौपट बन्ने स्थिति बनेको छ । कोरोना संक्रमणको फैलदो डर एकतिर छ भने अर्को तिर निषेधाज्ञाले जनजीबनमा  पारेको अस्तव्यस्तताले सरकार निषेधाज्ञालाई निरन्तरता दिनेकी नदिने दोधारमा  परेको छ ।

    तर प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको कोभिड १९ निगरानीसम्बन्धी उपसमितिको आइतबारको बैठकमा ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अहिलेको निषेधाज्ञा दशैँसम्म लम्ब्याउनुपर्ने धारणालाई आधार मान्दा कुनै न कुनै रुपमा निषेधाज्ञा थपिने बुझ्न सकिन्छ बैठकमा निषेधाज्ञा थप्नुपर्ने तर्क गर्दै उनले भनेका थिए दशैं आउँदैछ, केही सहजीकण गरेर भए पनि यसलाई त्यतिबेलासम्म कायम राख्नुपर्छ होला’, उनले भने, ‘अब चाडबाडमा मानिसको आवतजावत धेरै हुन्छ। संक्रमण बढ्छ। त्यसकारण दशैसम्म निषेधाज्ञा गर्नैपर्छ।’‘दसैंसम्म कुनै न कुनै रूपमा अलिकति केही खुकुलो बनाएर भए पनि निषेधाज्ञा कायम गर्नैपर्ने हुन्छ,’ ललितपुरका प्रमुख जिल्ला अधिकारी भट्टले भने । नगरपालिका मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले अहिले उपत्यकामा लागू भएको तेस्रो चरणको निषेधाज्ञा नाम मात्रैको भएको भन्दै हालकै अवस्थाको निषेधाज्ञाको अर्थ नभएको धारणा राखे ।

    तीजमा निषेधाज्ञा गरेकै कारण कोरोना संक्रमण कम फैलिएको तर्क भट्टको थियो। त्यतिबेला निषेधाज्ञा नभएको भए संक्रमण दर झन् तीव्र हुनसक्ने अनुमान गर्न सकिने उनको भनाइ थियो।त्यस्तै, काठमाडौंका सिडिओ जनकराज दाहालले भने निषेधाज्ञा खोल्नुपर्ने मत राखेका थिए। ‘रोगले भन्दा पनि भोकले मान्छे मर्ने अवस्था आएको छ। अब लिभिङ विथ कोरोनामा जानुपर्छ’, उनको भनाइ थियो।

    उनले सीमा नाकामा सेना परिचालन गर्नुपर्ने तर्क राखेका थिए। प्रहरीले मात्रै सबै काम गर्न नसक्ने उनको भनाइ छ।बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँचवटै नाकामा सेना परिचालन गर्नुपर्ने सुझाव दिए । विभिन्न बहानामा मानिस उपत्यका भित्रने क्रम नरोकिएको र चाहेर वा नचाहेर पनि दैनिक २ हजारको संख्यामा मानिसलाई भित्र्याउनु परिरहेको भन्दै उनले नाका नै ठप्प पार्न नसकिएको बताए ।

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend