
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध भएको बेला सहुलियत मूल्यमा हवाई सेवा दिन एयरलाइन्स कम्पनीहरूसँग आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत एयरलाइन्स कम्पनीहरूसँग यस्तो आग्रह गरेका हुन् ।
उनले भनेका छन्–‘लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको छ। हवाई भाडा अरू बेला भन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ। हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरूसँग पहिले भन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ।’
ओलीले नेपाल सरकार पर्यटन मन्त्रालयले पनि हवाई यात्रुको लागि र उद्धार उडानको लागि विशेष निर्णय गरेको बताएका छन् । उनले भनेका छन्, ‘ नेपाल सरकार पर्यटन मन्त्रालयले पनि हवाई यात्रुको लागि र उद्धार उडानको लागि विशेष निर्णय गरेको छ। हामीमाथि परेको प्राकृतिक विपत्ति हामी सबै मिलेर सामना गर्नु पर्छ।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend