logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • सहकारी ठगी प्रकरणमा भारतबाट पक्राउ गरिएका देवकुमारलाई नेपाल ल्याइयो

    सहकारी ठगी प्रकरणमा भारतबाट पक्राउ गरिएका देवकुमारलाई नेपाल ल्याइयो

    1.2K
    Shares
    सहकारी ठगी प्रकरणमा भारतबाट पक्राउ गरिएका देवकुमारलाई नेपाल ल्याइयो

    काठमाडौँ । सहकारी ठगीको आरोपमा फरार रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याइएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नेपालीलाई शनिबार नेपाल ल्याएको हो ।

    उनी इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाग्लुङ र पोखराका संस्थापक अध्यक्ष तथा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सञ्चालक समितिका उपाध्यक्षसमेत हुन् ।

    उनीसँगै सोही सहकारी ठगीमा संलग्न ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई पनि काठमाडौं ल्याइएको छ । उनीहरु दुबै जना सहकारी ठगीको कसुरमा फरार थिए ।

    इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट १ अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ ठगी भएको अनुसन्धानबाट खुलेको छ । नेपालीविरुद्ध २४ जेठ २०८० मा पक्राउ पुर्जी जारी भएको थियो ।

    पक्राउ परेका दुबै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङ पठाइने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।

    यो पनि :

    इमेज सहकारीमा २ अर्ब ठगीको आरोप लागेका मेयर नेपाली दिल्लीमा पक्राउ, नेपाल ल्याउने तयारी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend