logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • बाढी र पहिरोमा परी मुत्यु हुनेको सङ्ख्या १ सय ३२ पुग्यो

    बाढी र पहिरोमा परी मुत्यु हुनेको सङ्ख्या १ सय ३२ पुग्यो

    245
    Shares
    बाढी र पहिरोमा परी मुत्यु हुनेको सङ्ख्या १ सय ३२ पुग्यो

    काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको सङ्ख्या एक सय ३२ पुगेको छ ।

    गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौँ उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोसी प्रदेशमा १७ र मधेस प्रदेशमा दुई जनाको मृत्यु भएको छ । त्यसैगरी विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका छन् ।

    सुरक्षाकर्मीको सक्रियताका कारण हालसम्म मुलुकभरबाट तीन हजार छ सय २६ जनाको सकुशल उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ ।

    नेपाली सेनाको हेलिकप्टरबाट आज बिहानदेखि हालसम्म काभ्रेपलाञ्चोकका विभिन्न स्थानबाट बाढी, पहिरो तथा प्राकृतिक जोखिममा परेको एक सय ९३ जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेनाको टोलीले बढी जोखिममा फसेका नागरिकको उद्धारका लागि दुई दिनदेखि खटिरहेको छ ।

    विपद्का कारण राजमार्ग अवरुद्ध रहेका सडक नियमित गर्न सबै संयन्त्र परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

    प्रभावित क्षेत्रमा नागरिकको उद्धार, राहत तथा घाइतेको उपचारका लागि अस्पताल पुर्याउनेलगायत कार्यमा सुरक्षाकर्मी सक्रिय भएर लागिपरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend