भदौ २४ काठमाडौं, शुक्रबारको लागि बोलाईएको सत्तारुढ नेकपाको स्थायी कमिटिको बैठकमा प्रस्तुतु हुने एजेन्डाको बिषय पार्टी अध्यक्ष तथा प्रधानमन्त्री र अर्का अध्यक्ष प्रचण्डको सहमतिमा टुंगो लागेको छ ।सहमति अनुसार ओलीलाई सरकार र दाहाललाई पार्टी सञ्चालन गर्ने कार्यकारी अधिकार रहनेगरी प्रस्ताब तयारी पारिएको छ सोहि प्रस्ताबमा छलफल हुनेगरी शुक्रबार देखि सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा छलफलको लागि प्रस्ताब पेश हुनेछन ।
त्यस्तै लामो समयदेखि विवादको घेरामा रहेको अमेरिकी सहायता अमेरिकी परियोजना एमसिसीको बिषयमा आवश्यक छलफल गरेर अघि बढ्ने कुरा सहमतिको प्रस्तावमा उल्लेख छ।प्रस्तावमा पार्टी एकतालाई महत्वका साथ आत्मसाथ गर्ने, पार्टीलाई पद्धती र संस्थागत तुल्याउने, पार्टी एकताको बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा साङ्गठानिक क्षेत्रहरुमा प्रभावकारी रुपमा चलाउने, केन्द्रीय कमिटीको निर्णय अनुसार चैत्रमा पार्टीको एकता महाधिवेशन गर्ने, सरकारको कामको समिक्षा गर्दै प्रभावकारी बनाउनुपर्ने, संसदीय दलको भूमिका प्रभावकारी बनाउने प्रस्ताव भएको छ।
यस्तै, प्रदेश र स्थानीय निकाय सरकारको भूमिका प्रभावकारी बनाउने, नेपालका सिमा समस्या समाधान गर्ने, कोरोना भाइरस रोकथाम, न्यूनिकरण, उपचार र आर्थिक पुनःस्थापना गराउने, बाढी पहिरोबाट सिर्जित प्राकृतिक विपत्तिको सामना गर्ने, शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने, प्रतिष्ठानको व्यवस्थापन र सञ्चालनको विधि निश्चित गर्नेगरी प्रस्ताब तयारी पारिएको छ ।
पूर्णपाठ