logo

२०८१ पुष १७ बुधबार

logo
  • बुधबार, १७ पुष २०८१
  • अनलाईन कक्षाको नाममा निजि स्कुलको लुटधन्दाका साथी बने शिक्षामन्त्री पोख्रेल

    अनलाईन कक्षाको नाममा निजि स्कुलको लुटधन्दाका साथी बने शिक्षामन्त्री पोख्रेल

    2.5K
    Shares

    भदौ २५ काठमाडौं,  देशभर कोरोनाको कहर बढ्दै जाँदा अन्य कार्यालयहरु जस्तै निजि तथा सरकारी स्कुलहरु पनि बन्द भएका थिए। बिद्यालयहरु बन्द भएको लामो समयपछि निजि स्कुलहरुले बिद्यार्थीलाई अनलाइन कक्षा संचालन गर्ने र बिद्यार्थीहरुबाट मासिक शुल्क असुल्ने योजना बनाएको थियो तर त्यसबेला निजि बिद्यालयको शुल्क असुल्ने योजनाको व्यापक बिरोधभएपछि शिक्षामन्त्री गिरिराजमणि पोख्रेल इच्छा बिपरित निजि स्कुलले शुल्क असुल्ने योजनामा  पूर्णप्रतिबन्ध लाग्यो तर त्यसको केहि महिनाभित्रै अन्तत शिक्षामन्त्री पोख्रेलले आफ्नो असली नियत प्रस्ट पार्दै अहिले निजि स्कुलको लुटधन्दालाई सफल पार्ने मतियार बनेका छन् । 

    निजि विद्यालयको लुट धन्दाको मतियार शिक्षामन्त्री बनेपछि अहिले सरकारले बोर्डिङ स्कुलहरुलाई अनलाईन कक्षा सञ्चालन गरे वापतको शुल्क असुल्ने अनुमति दिएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था गरेका हुन् । पोख्रेलले निर्णय गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको शुल्क लिन पाइने व्यवस्था गरिएको छ । निर्देशिकामा स्थानीय तहको स्वीकृतीमा प्रचलित कानुनको अधिनमा रही विद्यालयले शुल्क लिन पाउने उल्ले गरिएको छ ।

    यस अघि शिक्षा मन्त्रालयले गरेको दुर शिक्षा तथा अनलाईन कक्षाको नाममा कुनै शुल्क लिन नपाउने निर्णय कुल्चदै मन्त्री पोख्रेलले नयाँ निर्णय गरेको हुन् ।मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार असार १ गतेदेखि विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् । कोरोना महामारीका कारण सरकारले असोज १ गते अगाडी विद्यार्थी भर्ना तथा परीक्षा सञ्चालन गर्न नपाउने निर्णय गरेको छ ।

     

     

     

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend