logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • वायुसेवा कम्पनीहरूले असोज १६ गतेसम्म हवाई टिकटको माथिल्लो दरमा भाडा नलिने

    वायुसेवा कम्पनीहरूले असोज १६ गतेसम्म हवाई टिकटको माथिल्लो दरमा भाडा नलिने

    1.9K
    Shares
    वायुसेवा कम्पनीहरूले असोज १६ गतेसम्म हवाई टिकटको माथिल्लो दरमा भाडा नलिने

    काठमाडौं । वायुसेवा कम्पनीहरूले अबको तीन दिनसम्म सस्तो मूल्यमै टिकट दिने भएका छन् । वायुसेवा सञ्चालक संघको आइतबार बसेको बैठकमा वायुसेवा कम्पनीहरूले आगामी बुधबारसम्म हवाई भाडामा तोकिएको माथिल्लो दरमा टिकट नबेच्ने निर्णय गरेका हुन् ।

    सोमबारदेखि बुधबारसम्म लागु हुने गरी सरकारले तोकेको माथिल्लो दरको भाडादरमा टिकट नबेच्ने निर्णय भएको वायुसेवा सञ्चालक संंघ अध्यक्ष मनोज कार्कीले बताए ।

    देश बाढी, पहिरोको चपेटामा रहेको बेलामा नागरिकलाई राहत प्रदान गर्न यस्तो निर्णय गरेको अध्यक्ष कार्कीले बताए।

    आन्तरिक हवाई टिकटमा सरकारले माथिल्लो सीमा तोकिदिएको हुन्छ । वायुसेवा कम्पनीले टिकट अभाव भएको समयमा सोही दरको माथिल्लो बिन्दुमा टिकट बेच्ने गर्छन् ।

    नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा अधिक नाफा नलिने र परल मूल्यमा नै उपलब्ध गराएको अस्थामा फ्युल चार्ज घट्ने र हवाई यात्रुलाई टिकटको मूल्य सस्तो पर्ने भन्दै इन्धनको मूल्य घटाइदिन संघले विज्ञप्तीमार्फत आग्रह गरेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend