सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

पहिरो पन्छाएसँगै झ्याप्ले खोला सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएसँगै झ्याप्ले खोला सडक दुईतर्फी सञ्चालनमा

काठमाडौँ । धादिङको धुनिबेसी नगरपालिका– ९ स्थित झ्याप्ले खोलाको पहिरो पन्छाइएको छ । पहिरो पन्छाएसँगै अवरुद्ध सडक दुईतर्फ सञ्चालनमा आएको हो ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार पहिरो पन्छाइएसँगै साढे ७ बजेदेखि सडक खुला भएको छ ।

लगातारको अविरल वर्षासँगै पहिरो गएपछि शनिबारदेखि त्रिभुवन राजपथ अन्तरर्गतको उक्त सडक अवरुद्ध थियो ।

असोज ११ गते शुक्रबार साँझदेखि देशभर भीषण वर्षा भएको थियो । उक्त वर्षासँगै बाढी र पहिरोका कारण विभिन्न सडक अवरुद्द भएका छन् ।

शनिवार बिहान ४ः०० बजे नागढुङ्गाभन्दा केही सय मिटर परबाट खसेको पहिरो तल्लो सडक झ्याप्ले खोलामा अड्किएका सवारीसाधनमाथि बजारियो ।

ठाडो भीर भएकाले सिधा तल एकैचोटी पहिरो खस्यो । माथिल्लो सडकको सिमेन्ट पर्खाल नै भत्काएर पहिरो खस्यो । उक्त ठाउँ नागढुङ्गा सुरुङमार्गभन्दा केही वर पिप्लामोटपट्टी पर्छ ।

यो पनि :

माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना

झ्याप्ले खोला पहिरो अपडेटः आज मात्रै २१ जनाको शव भेटियो, मृतकको सङ्ख्या ३५ पुग्यो

झ्याप्ले खोलाको पहिरोमा चितवनबाट आउँदै गरेको हायस भेटियो, बिहानदेखि अहिलेसम्म १३ शव फेला

झ्याप्ले खोलामा पुरिएको अवस्थामा थप ३ शव फेला

झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला, पहिरो पन्छाइँदै

झ्याप्लेखोला पहिरो : २५ शव निकालियो

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend