logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • काभ्रे र धादिङका प्रमुख जिल्ला अधिकारी फेरिए

    काभ्रे र धादिङका प्रमुख जिल्ला अधिकारी फेरिए

    1.9K
    Shares
    काभ्रे र धादिङका प्रमुख जिल्ला अधिकारी फेरिए

    काठमाडौँ । काभ्रेपलाञ्चोक र धादिङका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । गृह मन्त्रालयले आइतबार दुई जिल्लाका प्रमुखलाई सरुवा गरेको हो ।

    मन्त्रालयका अनुसार काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईलाई गृह मन्त्रालयमा सरुवा गरिएको हो ।

    मन्त्रालयका सहसचिव उमेश ढकाललाई काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

    यस्तै, धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पनि गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

    मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend