बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

कार्यवाहक प्रम सिंहले गरे बाढीले बगाएका २ जनाको उद्दार गर्ने चणिकलाल तामाङलाई सम्मान

कार्यवाहक प्रम सिंहले गरे बाढीले बगाएका २ जनाको उद्दार गर्ने चणिकलाल तामाङलाई सम्मान

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नख्खु खोलाले बगाएका दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङलाई सम्मान गरेका छन् । सोमबार सहरी विकास मन्त्रालयमा सिंहले उनको साहसको प्रशंसा गर्दै सम्मान गरे हुन् ।

तामाङले शनिबार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका २ जनाको उद्दार गरेका थिए ।

रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई तामाङले नख्खु खोलाको बाढीबाट उद्धार गरेर बचाएका थिए ।

कार्यवाहक प्रधानमन्त्री सिंहले मानवीय भावना देखाएर नदीमा बगिरहेकाहरूको उद्धार गरेको भन्दै तामाङको प्रशंसा गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend