
एजेन्सी जापानी मन्त्रिपरिषद्मा प्रमुख सचिव योशिहिडे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । सोमबार सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी(एलडीपी) ले सुगालाई संसदीय दलको नेतामा चयन गरेसँगै उनी जापानको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको जापानी समाचार संस्था क्योदोले जनाएको छ सुगा नाताले जापानमा रहेका नेपाली व्यवसायी तथा एनआरएनका पूर्व अध्यक्ष भवन भट्टका काका ससुरा हुन् ।
सुगा प्रधानमन्त्री सिन्जो आबे मन्त्रिपरिषदका चिफ सेक्रेटरी हुन्।पार्टी नेतृत्वका लागि भएको चुनावमा उनले पूर्व रक्षामन्त्री सेगेरु इसिवा र पूर्व विदेशमन्त्री फुमिओ किशिदालाई पराजित गरेका छन्।
स्वास्थ्यको कारण प्रधानमन्त्री आबेले राजिनामा दिने भनेपछि सत्तारुढ दलले नयाँ नेता छनोट गरेको हो।योसिहिदे आबेको विश्वास पात्रको रुपमा रहेका थिए। उनलाई सत्तारुढ एलडीपीको दुई ठूल गुट आबेको होसोदा समूह र वित्तमन्त्री तारो असोको समूहले समर्थन गरेको थियो।
पार्टी महासचिव तोसिहिरो निकाइले पनि यसअघि नै सुगालाई समर्थन गरेका थिए। कुनै पनि गुटमा संलग्न भएर प्रधानमन्त्री बन्न लागेका सुगा दुर्लभ नेता भएको जापानी सञ्चार माध्यमहरुले जनाएका छन्।सुगा जनता माझ निकै लोकप्रिय रहेका थिए। अब संसदमा सुगालाई प्रधानमन्त्री बनाउने कि नबनाउने भनेर निर्वाचन हुनेछ। तर सत्ताधारी पार्टीको बहुमत भएकाले उनी प्रधानमन्त्री बन्ने निश्चित छ।आगामी वर्षको सेप्टेम्बरमा हुने मध्यावधि चुनावसम्म सुगाले प्रधानमन्त्री पद सम्हाल्नेछन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend