बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

काठमाडौंबाट पोखरा जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना

काठमाडौंबाट पोखरा जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना

काठमाडौं । काठमाडौंबाट पोखराका लागि जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटनामा परेको छ। दुर्घटनामा १२ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि काठमाडौंतर्फ पठाइएको नुवाकोट प्रहरीले जानकारी दिएको छ।

ग १ ख ४५३५ नम्बरको गाडी सोमबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका–७ चापाबोटस्थित सडकबाट अन्दाजी ३० मिटर तल खसेको थियो।

झ्याप्लेखोलामा पहिरोले सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट हायस नुवाकोट हुँदै पोखरातर्फ लागेको थियो। हायसमा चालकसहित १८ जना सवार रहेकोमा अरु सकुशल छन्।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend