logo

२०८१ असोज १४ सोमबार

logo
  • सोमबार, १४ असोज २०८१
  • विपद्का बेला सरकारले प्रभावकारी काम गरेको छ, विरोध नगरौं : प्रधानमन्त्री ओली

    विपद्का बेला सरकारले प्रभावकारी काम गरेको छ, विरोध नगरौं : प्रधानमन्त्री ओली

    2.3K
    Shares
    विपद्का बेला सरकारले प्रभावकारी काम गरेको छ, विरोध नगरौं : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला सरकारले प्रभावकारी काम गरेको बताएका छन् । राष्ट्रसंघीय महासभाबाट १० दिनपछि स्वदेश फर्किएपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले यस्तो बताएका हुन् ।

    प्रधानमन्त्रीले रेड अलर्ट जारी गरे पनि पहिरो कहाँ कहाँ जान्छ भनेर पूर्वानुमान नभएको बताए । उनले काठमाडौंमा यति धेरै डुबान होला भन्ने कल्पना नगरेको बताए ।

    प्रधानमन्त्रीले भने, ‘विरोधका लागि विरोध होला तर सरकारले तत्काल गर्न सक्ने काम गरेको छ, सरकारले उद्धार र राहतको काम गरेको छ ।’

    उनले सरकारी निकाय र जनस्तरबाट उद्धार कार्य जारी रहेको भन्दै धैर्य गर्न आग्रह पनि गरे । उनले सरकारले सहायता र राहतमा कसर बाँकी नराख्ने प्रतिबद्धता पनि जनाए ।

    उनले आफू बाहिर हुँदा पनि घटनाबारे जानकारी लिएको र आवश्यक निर्देशन समेत दिएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend