बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

काभ्रेमा अलपत्र परेका १ सय ४८ जना यात्रुलाई सशस्त्र प्रहरीको गाडीमा काठमाडौं ल्याइयो

काभ्रेमा अलपत्र परेका १ सय ४८ जना यात्रुलाई सशस्त्र प्रहरीको गाडीमा काठमाडौं ल्याइयो

काभ्रे । काभ्रे जिल्लाको विभिन्न ठाउँमा अलपत्र परेका १ सय ४८ जनालाई सशस्त्र प्रहरीले काठमाडौं ल्याएको छ ।

सोमबार विहान सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट पठाइएको तीन वटा बसले धुलिखेलबाट करीब १५ किलोमटिर पूर्व दाहाल डाँडा भन्ने ठाउँबाट १३ जना महिला ४९ पुरुष र ३ जना बच्चा गरी ६५ जनालाई काठमाडौं ल्याएको हो ।

No description available.

यसैगरी काभ्रेको विभिन्न ठाउँबाट हेलिकप्टर मार्फत धुलिखेल ल्याइएका ४२ जना महिला, ३३ पुरुष र ८ जना बच्चा गरी ८३ जनालाई काठमाडौंतर्फ ल्याइएको छ ।

विभिन्न ठाउँमा अलपत्र परेका व्यक्तिहरुको उद्धारको लागि नेपाली सेनाको हेलिकप्टर, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट तीन वटा बससहित तीनवटै सुरक्षा निकायले संयुक्त रुपमा कार्य गरिरहेका छन् ।

शुक्रबारदेखिको अविरल वर्षाका कारण देशभरका विभिन्न स्थानमा सडक तथा यातायात अवरुद्द भएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend