logo

२०८१ असोज १५ मंगलबार

logo
  • मंगलबार, १५ असोज २०८१
  • भोलिदेखि फेरि वर्षाको सम्भावना, पूर्वी नेपालबाट अर्काेप्रणाली भित्रदैँ

    भोलिदेखि फेरि वर्षाको सम्भावना, पूर्वी नेपालबाट अर्काेप्रणाली भित्रदैँ

    3.5K
    Shares
    भोलिदेखि फेरि वर्षाको सम्भावना, पूर्वी नेपालबाट अर्काेप्रणाली भित्रदैँ

    काठमाडौँ । बुधबारदेखि फेरि वर्षा हुने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।  पूर्वी नेपालबाट मौसमको अर्को प्रणाली भित्रने हुँदा यसको प्रभावले  झरी पर्ने सम्भावना रहेको हो ।

    यसको प्रभाव पूर्वी नेपालमा बढी पर्ने देखिएको छ । कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेशमा भने लगातार झरी नभई पानी रोकिँदै पर्दै गर्ने सम्भावना छ ।

    मनसुन बाहिरिनुपर्ने सिजनमा पूर्वी नेपालबाट फेरि वर्षा सुरु हुन लागेको हो। यात्रा गर्दा सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

    मौसम पूर्वानुमान महाशाखाको २४ घण्टे चेतावनी यस्तो :

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको नियमित बुलेटिनमा आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ ।

    यसैगरी बुधबार दिउँसो कोशी र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । बुधबार राति भने कोशी प्रदेशका केही स्थानहरू तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

    त्यसैले महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी र परामर्श जारी गर्दै हल्कादेखि मध्यम वर्षाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको जनाएको छ ।

    सम्भावित गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend