काठमाडौँ । नेकपा एमालेले बाढी पहिरो तथा विपद् प्रभावितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
उपमहासचिव पृथ्वीसुव्वा गुरुङका अनुसार एमाले पार्टीका तर्फबाट ५० लाख रुपैयाँसहित सांसदहरूको १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानले देशभर ठुलो धनजनको क्षति भएको छ ।