सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

बाढीपहिरोबाट १७ अर्बभन्दा बढीको क्षति, २१ जिल्ला प्रभावित

बाढीपहिरोबाट १७ अर्बभन्दा बढीको क्षति, २१ जिल्ला प्रभावित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारदेखि आइतबार साँझसम्म परेको अविरल वर्षा, बाढी, पहिरो र डुबानका कारण १७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको बताएका छन् ।

अविरल वर्षा, बाढी, पहिरो र डुबानका पीडितलाई राहत रकम वितरण कार्य प्रारम्भ सुरु भएको तथा खोज, उद्धारको कार्य दुईदिनभित्र गरिसकिने जनाएका छन् ।

प्रधानमन्त्री ओलीले घाइतेहरुको निःशुल्क उपचार गरिने र विपद्पछि फैलनसक्ने सम्भावित रोगको रोगथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको बताए । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीका तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले प्रेस विज्ञप्ति प्रस्तुत गरेका हुन् ।

विपद्का कारण दुई सय २४ को मृत्यु, २४ बेपत्ता र १५८ घाइते तथा उच्च जोखिममा रहेका चार हजार तीन सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइसकिएको विज्ञप्तिमा उल्लेख छ ।

क्षतिग्रस्त भएका खानेपानी, सडक, टेलिफोन, विद्युत आदि सेवा सञ्चालनका लागि प्रक्रिया सुरु गरिएको पनि मुख्यसचिव अर्यालले बताए । विपद्को घटनाबाट २१ जिल्ला बढी प्रभावित भएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend