बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

सुनको मूल्य बढेर तोलामा १ लाख ६० हजार ८ सय पुग्यो

सुनको मूल्य बढेर तोलामा १ लाख ६० हजार ८ सय पुग्यो

काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार मंगलबार प्रतितोल १ लाख ६० हजारमा किनबेच भएको सुन आज १ लाख ६० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

मंगलबारको तुलनमा आज बुधबार चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

आज चाँदी प्रतितोला १ हजार नौ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि बढ्ने गरेकाले पछिल्ला केही दिनमा सुनको कीर्तिमान कायम गरिरहेको महासंघले जनाएको छ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend