बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

विपदमा राहत उपलब्ध गराउन राज्य सक्रिय हुनुपर्छ : अध्यक्ष साह

विपदमा राहत उपलब्ध गराउन राज्य सक्रिय हुनुपर्छ : अध्यक्ष साह

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले केही दिनअघिको परेको अविरल वर्षापछि आएको बाढीपहिरोपीडित जनतालाई राहत प्रदान गर्ने कार्यमा राज्यका निकायलाई सक्रिय बनाउन सरकारसँग आग्रह गरेका छन् ।

बाढीपहिरोको चपेटामा परेका जनतालाई सङ्कटका बेलामा तीन तहका सरकारलाई सहारा बन्नलाई अनुरोध गर्दै उनले विपद्को समयमा मेरो पछाडि राज्य छ भन्ने नागरिकलाई अनुभूति दिलाउन सक्नुपर्ने आवश्यकता औँल्याए ।

बाढीपहिरोबाट लाखौँ जनताका अर्बौ मूल्य बराबरको क्षति भएको उल्लेख गर्दै अध्यक्ष साहले बेसहारा बनेका जनतालाई मल्हमपट्टी लगाउने कार्यमा राज्य गम्भीर र सक्रिय बन्न आवश्यक रहेको धारणा राखे। दसैँका नाममा लिइने पेश्की रकम यस वर्ष पीडित जनतालाई हस्तान्तरण गरी सहयोग पुर्याउन पनि उनले सबैसँग अपिल गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend