logo

२०८१ असोज १६ बुधबार

logo
  • बुधबार, १६ असोज २०८१
  • इजरायलद्वारा संयुक्त राष्ट्रसङ्घका महासचिवलाई ‘अवाञ्छित व्यक्ति’ घोषणा

    इजरायलद्वारा संयुक्त राष्ट्रसङ्घका महासचिवलाई ‘अवाञ्छित व्यक्ति’ घोषणा

    763
    Shares
    इजरायलद्वारा संयुक्त राष्ट्रसङ्घका महासचिवलाई ‘अवाञ्छित व्यक्ति’ घोषणा

    जेरुसेलम, एएफपी । इजरायलले आफ्नो मुलुकमाथि इरानको क्षेप्यास्त्र आक्रमणको विशेष रूपमा निन्दा गर्न असफल भएको आरोप लगाउँदै बुधबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई ‘अवाञ्छित व्यक्ति’ घोषणा गरेको छ ।

    “जो कोहीले पनि इजरायलमाथि इरानको जघन्य आक्रमणको स्पष्ट रूपमा निन्दा गर्न सक्तैन, ऊ इजरायली भूमिमा पाइला टेक्न योग्य छैन”, विदेशमन्त्री इजरायल काट्जले एक वक्तव्यमा भने, “उहाँ आतङ्कवादी, बलात्कारी र हत्यारालाई समर्थन गर्ने इजरायलविरोधी महासचिव हुनुहुन्छ ।”

    काट्जका अनुसार गुटेरेसले हमास, हिजबुल्लाह, हुथी र अब विश्वव्यापी आतङ्कवादको मातृशक्ति इरानका हत्याराहरूलाई समर्थन गर्छन् र आउने पुस्तासम्म संयुक्त राष्ट्रसङ्घको इतिहासमा उनलाई एउटा दागका रूपमा सम्झिइनेछ ।

    मङ्गलबार राति इरानले इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गरेपछि गुटेरेसले ‘मध्यपूर्वमा बढ्दो द्वन्द्व’ को निन्दा गर्दै यस क्षेत्रमा ‘एकपछि अर्को बढ्दो द्वन्द्व’ को आलोचना गरे । “यो रोक्नै पर्छ, हामीलाई पूर्ण रूपमा युद्धविरामको आवश्यकता छ”, उनले भने ।

    इजरायल संयुक्त राष्ट्रसङ्घको कडा आलोचक रहँदै आएको छ । अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायल र राष्ट्रसङ्घबीचको सम्बन्ध झन बिग्रिएको छ ।

    गुटेरेसले गाजा र लेबनान दुवैमा लडाइँ रोक्न युद्धविरामका लागि बारम्बार आह्वान गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend