काठमाडौँ । अविरल वर्षासँगै आएको बाढीपहिरोबाट अवरुद्ध सडक तथा राजमार्ग केही खुलेका छन् भने केही सडक अझै पूर्णरुपमा बन्द रहेका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकासहितका साना सडकदेखि कतिपय राजमार्ग समेतमा अझै सवारी सञ्चालन हुन सकेका छैनन् ।
काठमाडौं उपत्यकाअन्तर्गत दक्षिणकाली नगरपालिका–८ स्थित सिस्नेरी सडकखण्ड अझै पूर्ण रुपमा अवरुद्ध छ । ललितपुरको गोदवारी नगरपालिका–६ स्थित लेले टिकाभैरव जाने सडक एकतर्फी सञ्चालनमा आएको छ ।
यस्तै, मकवानपुर–कुलेखानी–मार्खु सडक, भिमफेदी–कुलेखानी–फाखेल–काठमाडौं सडक, सिस्नेरी–दक्षिणकाली सडकखण्ड तथा कान्तिलोकपथ पूर्ण रुपमा अवरुद्ध छन् ।
यसैगरी, बीपी राजमार्ग अन्तर्गत भकुण्डेदेखि खुर्कोटसम्मको खण्ड ठप्प रहेको छ ।