logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • नेपालमा बनेको हुन्डाई ‘भेन्यू ई’ को बिक्री सुरु, कति छ मूल्य ?

    नेपालमा बनेको हुन्डाई ‘भेन्यू ई’ को बिक्री सुरु, कति छ मूल्य ?

    2.3K
    Shares
    नेपालमा बनेको हुन्डाई ‘भेन्यू ई’ को बिक्री सुरु, कति छ मूल्य ?

    काठमाडौं । नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेसनले ‘भेन्यू ई’ भेरियन्टको बिक्री वितरण सुरु गरेको छ ।

    कर्पोरेसनले २०२४ मेदेखि भेन्यू एस र एसएक्स उत्पादन सुरु गरेको थियो । लक्ष्मी मोटर कर्पोरेसन, नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको एक भगिनी संस्था हो ।

    कम्पनीले नेपालमा हुन्डाई भेन्यूको व्यावसायिक उत्पादन सुरु गरिए सँगै हुन्डाई नेपाल : मेड फर योर जर्नी क्याम्पेन पनि सुरु गरेको थियो । हालसम्म करिब २५० गाडी आफ्ना डिलरहरू मार्फत बिक्री गरिसकेको जनाएको छ ।

    सीमित अवधिका लागि हुन्डाई ‘भेन्यू ई’ को प्रारम्भिक मूल्य ४० लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

    हाल सञ्चालनमा रहेको दशैं-तिहार लक्षित योजनामा थप डिस्काउन्ट नहुने कम्पनीले जनाएको छ।

    हाल नेपालमा उपलब्ध भेन्यूका अरू भेरियन्टहरूको मूल्य भेन्यू (एस) १.२ को ४४ लाख ९६ हजार रुपैयाँ र भेन्यू (एसएक्स) १.२ को मूल्य ५३ लाख ५६ हजार रुपैयाँ तोकिएको छ ।

    कम्पनीले मेड इन नेपाल हुन्डाई भेन्यूमा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend