logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • भारतको अनुदानमा दुई पेट्रोलियम पाइपलाइन बन्ने

    भारतको अनुदानमा दुई पेट्रोलियम पाइपलाइन बन्ने

    679
    Shares
    भारतको अनुदानमा दुई पेट्रोलियम पाइपलाइन बन्ने

    काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा दुई पेट्रोलियम पाइपलाइन बन्ने निश्चित भएको छ । भारत सरकारको अनुदानमा पेट्रोलियम पाइपलाइन र ग्रीनफिल्ड टर्मिनल बनाइदिने भएको हो ।

    आज नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशनका डाइरेक्टर सेन्थल कुमार बीच भारत सरकारका पेट्रोलियम तथा नेचुरल ग्यास सचिव पंकज जैन तथा इण्डियन आयल कर्पोरेशन बी टु बी फेमवर्क एग्रिमेन्ट भएको हो ।

    पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता निर्माण कार्यका लागि काम गर्ने भनेर हस्ताक्षर भएको हो ।

    भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन अनुदानमा निर्माण हुने छ । भने, झापाको चारआलीमा १८ हाजर ९ सय किलोलिटर क्षमताको स्र्माट ग्रीनफिल्ड टर्मिनल भारत सरकारको निर्माण गरिदिने छ ।

    अमलेखगंजबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन परियोजना भारत सरकारको अनुदानमा निर्माण हुनेछ ।

    चितवनको लोथरमा ९१ हजार ९ सय किलोलिटर क्षमताको स्र्माट ग्रीनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमको लगानीमा निर्माण हुनेछ ।

    यसअघि नेपाल र भारतबीच अन्तर देशीय पहिलो पेट्रोलियम पाइपलाइन मोतिहारी–अमलेखगञ्ज भदौ २०७६ मा उद्घाटन भई सञ्चालनमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend