काठमाडौँ । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि आज बोलाइएको अन्तर्वार्ता स्थगित भएको छ ।
अर्थ मन्त्रालयका अनुसार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारी सहित अन्तर्वार्ता दिने ३ जना अनुपस्थित भएपछि आजका लागि तय भएको अन्तर्वार्ता रोकिएको हो । अधिकारी अध्यक्ष छनोटका लागि गठित समितिमा छन् ।
छनोट सूचीमा परेका बाँकी तीन जनालाई आज बिहान ८ बजे अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिका लागि सिंहदरबार बोलाइएको थियो । नवराज अधिकारी, चिरञ्जिवि चापागाईं र कृष्णबहादुर कार्कीलाई शुक्रबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीका लागि बोलाइएको हो ।