logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • काठमाडौं महानगरले बाढी प्रभावित स्थानीय तहलाई २०/२० लाख रुपैयाँ दिने

    काठमाडौं महानगरले बाढी प्रभावित स्थानीय तहलाई २०/२० लाख रुपैयाँ दिने

    1K
    Shares
    काठमाडौं महानगरले बाढी प्रभावित स्थानीय तहलाई २०/२० लाख रुपैयाँ दिने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले बाढी प्रभावित स्थानीय तहहरूलाई आर्थिक सहयोग गर्ने भएको छ । महानगरले काभ्रेपलाञ्चोक जिल्लाका बाढी प्रभावित तीन वटा स्थानीय तहहरूलाई २०/२० लाख रुपैयाँ अनुदान सहयोग गर्ने निर्णय गरेको हो ।

    महानगर विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाका अनुसार मेयर बालेन साहको अध्यक्षतामा शुक्रबार बसेको बैठकले बाढीबाट पुगेको क्षति पुनर्स्थापना, संकट व्यवस्थापन गर्न राहतका लागि पनौती नगरपालिका, रोशी गाउँपालिका र बेथानचोक गाउँपालिकालाई २०/२० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

    त्यस्तै, आफ्नो भौगोलिक क्षेत्रभित्र भएको क्षतिको विवरण पठाउन महानगरले वडाहरूलाई पत्राचार समेत गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend