logo

२०८१ मंसिर १८ मंगलबार

logo
  • मंगलबार, १८ मंसिर २०८१
  • अत्याधिक हस्तमैथुन गर्नुहुन्छ ? ध्यान दिनुहोस् नत्र पछुताउनुपर्ला

    अत्याधिक हस्तमैथुन गर्नुहुन्छ ? ध्यान दिनुहोस् नत्र पछुताउनुपर्ला

    5.4K
    Shares

    हस्तमैथुन एउटा सामान्य यौन व्यवहार हो । तर यो अन्य यौन व्यवहार भन्दा यसकारण फरक छ कि अत्याधिक हस्तमैथुन गर्नाले शरीरमा मानसिक तथा शारिरीक असन्तुलन तथा अन्य साइड इफेक्ट निम्त्याउन सक्छ ।

    तर यसको असर हरेक मानिसमा फरक फरक हुन्छ । त्यसभए कति पटक हस्तमैथुन गर्दा अत्याधिक हुन्छ त ? एक दिनमा २ अथवा २ भन्दा धेरै पटक हस्तमैथुन गर्नुलाई अत्याधिक मान्न सकिन्छ । अधिकांश चिकित्सकहरु हस्तमैथुन गर्ने अवधीलाई सकेसम्म कम गर्न सल्लाह दिन्छन् । चिकित्सकहरुका अनुसार हप्ता २ देखि ३ पटकमात्रै हस्तमैथुन गर्नु उचित हुन्छ । किन ? त्यसमा थुप्रै कारणहरु छन् । सर्वप्रथम तपाईँले यो जान्न जरुरी छ कि हस्तमैथुन गर्दा शरीरको भित्री तापक्रम बढ्छ । यसैकारणले नै हस्तमैथुनको बेला कहिलेकाही निकै गर्मी महशुस हुने गर्छ ।

    अझ कहिलेकाही त पसिना नै आउने गर्छ । एनेल डट ओर्ग नामक एक वेबसाइटका अनुसार जब चरम उत्कर्ष (स्खलन) हुन्छ, तब अवशोषणको हलचल पैदा हुन्छ । जसले एकप्रकारको भ्याकुम (खालिपना) पैदा गर्छ । खालीपनाको असर स्वरुप सेमिनल भेसिकल भरिन खोज्छ । जसकारण लिङ्गको बाटो भएर हावा भित्र पस्छ । जुन हावा पछि सेमिनल भेसिकलबाट लिम्फ्याटिक सिस्टममा जान्छ । जसले गर्दा सेरेब्रल न्यूरोन्स र कोषहरुको बीचमा थर्मल सक तथा चिसोपना उत्पन्न गराउँछ ।

    यसले सेरेब्रल, शारिरीक तथा तान्त्रिकाको सन्तुलनमा असर गर्छ । शुक्रकिटमा डीएनए र आरएनए हुन्छ । डीएनएमा वंशाणुगत गुणहरु हुन्छ भने आरएनएमा इन्जाइम, प्रोटिन, ग्लुकोसाइड्स, लेसिथिन, क्याल्सियम, फस्फोरस, जैविक नुन, टेष्टोष्टेरोन इत्यादि हुन्छ । स्खलनको बेला सानो मात्रामा यी पदार्थहरु शरीरबाट बाहिरिन्छन् । धेरै मात्रामा क्याल्सियम गुमाउँदा थकान तथा हड्डीको दुखाइ निम्त्याउन सक्छ । हरेक पटकको स्खलन पछि शरीरले गुमाएका खनिज तथा पोषक तत्वहरु खानाबाट तथा सप्लिमेन्टसबाट परिपुर्ति अत्यन्तै जरुरी छ । अत्याधिक हस्तमैथुन गर्दा अथवा अझै सही अर्थमा भन्दा अत्याधिक स्खलन हुँदा पारासिम्प्याथेटिक नर्भस फङ्सन उत्तेजित हुन्छ । जसले सेक्स हर्मोनहरु जस्तै डीएचटी एसेटिल्कोलिन डोपामिन तथा सेरेटोनिन जस्ता हर्मोनको अति उत्पादन निम्त्याउँछ ।

    असामान्य रुपमा हुने सेक्स हर्मोनको अति उत्पादनले मष्तिष्क र एड्रिनालिन ग्रन्थीहरुलाई शरीरमा रासायनिक प्रकृयामा असाधारण परिवर्तन ल्याउन बाध्य बनाउँछ । जसले शरीरमा नकारात्मक प्रभाव पार्छ । अत्याधिक हस्तमैथुनको अर्को साइड इफेक्ट भनेको कपाल झर्नु पनि हो । डीएचटी हर्मोनको अत्याधिक उत्पादनले कपाल झर्ने समस्या निम्त्याउँछ । जुन अत्याधिक हस्तमैथुनको कारणले हुने गर्छ । अत्याधिक हस्तमैथुन गर्ने मानिसहरुमा ध्यान केन्द्रित गर्न नसक्ने तथा सम्झन नसक्ने समस्या देखिन सक्छ । जुन एसेटिल्कोलिन हर्मोनको अति उत्पादनको कारणले हुने गर्छ । अत्याधिक हस्तमैथुन गर्नाले मोटर नर्भस तथा न्यूरो मस्कुलर इण्डिङ्समा पनि असर पर्न जान्छ । जसकारण सम्झन सक्ने क्षमतामा हानी, ध्यान केन्द्रित गर्न नसक्ने जस्ता समस्या देखिन सक्छ । अत्याधिक हस्तमैथुनले मुड स्वीङ, निन्द्रा नलाग्ने, चिन्ता, तनाव तथा डिप्रेशन समेत निम्त्याउने कतिपय अध्ययनले देखाएको छ । त्यसकारण नै पनि हप्तामा तीन पटकसम्म हस्तमैथुनलाई कायम गर्नु उचित हुन्छ । –एजेन्सी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend