logo

२०८१ असोज २१ सोमबार

logo
  • सोमबार, २१ असोज २०८१
  • मंगल ग्रहबाट पृथ्वीमा संकेत पठाउदै नासाको ‘साइकी मिशन’

    मंगल ग्रहबाट पृथ्वीमा संकेत पठाउदै नासाको ‘साइकी मिशन’

    420
    Shares
    मंगल ग्रहबाट पृथ्वीमा संकेत पठाउदै नासाको ‘साइकी मिशन’

    लस एन्जलस, सिन्ह्वा । नासाको ‘साइकी मिसन’ले मंगल ग्रहको कक्षबाट पृथ्वीमा संकेत पठाएको छ । यो मिसनको महत्वपूर्ण कोसेढुङ्गा भएको नासाले जनाएको छ ।

    गत वर्ष अक्टोबरमा फ्लोरिडामा नासाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको साइकी अन्तरिक्ष यान, मङ्गल र बृहस्पतिबीचको मुख्य क्षुद्रग्रह बेल्टको टाढाको भागमा रहेको धातुयोग्य क्षुद्रग्रहको अध्ययन गर्ने पहिलो अमेरिकी मिसन हो ।

    प्रक्षेपण भएको लगभग एक वर्षपछि, नासाको डीप स्पेस अप्टिकल कम्युनिकेसन प्रयोगले पृथ्वीबाट साइकी स्पेसक्राफ्टमा लगभग ४६० मिलियन किलोमिटर टाढा लेजर सिग्नल पठाएको नासाले जनाएको छ ।

    नासाका अनुसार यो उपलब्धी मानवले एक दिन लेजरकोमाध्यमबाट मंगल ग्रहमा र त्यहाँबाट पृ्थ्वीमा सुञ्चार गर्न सकिन्छ भन्ने प्रमाण हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend